एनसेल खरिद–विक्री प्रक्रियाको छानविन गर्न गठिन समिति भङ्ग गरौं : एमाले सांसद पन्त


३ पुष २०८०, मंगलवार
Raghu ji panta
फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद रघुजी पन्तले एनसेलको शेयर खरिद–बिक्री छानबिन गर्न गठित छानबिन समितिका संयोजक टङ्कमणि शर्मा दंगालमाथि प्रश्न उठाएका छन् ।

महालेखा परीक्षक भएका बेला तयार पारिएको प्रतिवेदनमा टङ्कमणिले विवरण हटाएर एनसेलको पक्षमा काम गरेको भन्दै अहिले उनैलाई छानबिन समिति संयोजक बनाउनु गलत रहेको पन्तको धारणा छ । राज्य व्यवस्था तथा सुशासन समितिको मङ्गलवारको बैठकमा एमाले सांसद पन्तले महालेखा परीक्षक भएका बेला महालेखाको वार्षिक प्रतिवेदनमा नै एनसेलको पक्षमा काम गर्ने व्यक्तिलाई संयोजक बनाएको भन्दै सार्वजनिक रूपमा प्रश्न उठेकाले समिति विघटन गर्नुपर्ने तर्क राखेका हुन् ।

छानबिन समितिको संयोजकमाथि प्रश्न उठेको छ, यसलाई डिजल्भ गरेर न्यायिक समिति गठन गरियोस् । छानबिन समितिमाथि नै सार्वजनिक रूपमा प्रश्न उठ्यो’, उनले भने, ‘टङ्कमणि महालेखा परीक्षक हुँदा एनसेललाई छुट दिएको भन्ने सार्वजनिक रूपमा प्रश्न उठिसकेको थियो ।’

छानबिन स्वच्छ हुन्छ भन्ने कुराबाट होइन व्यवहारबाटै पुष्टि हुनुपर्ने पन्तको भनाइ छ । उनले अहिले गठित समिति संयोजक कसरी सुद्ध व्यवहार गर्न सक्छन् भन्ने कुरा व्यवहारबाट पुष्टि हुनुपर्ने बताए । अहिलेको छानबिन समिति विघटन गरेर पूर्व न्यायाधीशको नेतृत्वमा आयोग गठन गर्नुपर्ने पन्तको सुझाव थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७