सुशासन समिति बैठकमा प्रधानमन्त्रीलाई रविले तेर्स्याए प्रश्नै–प्रश्न

‘हाम्रा निकायलाई निकम्मा बनाइरहे ‘कोल्याप्स’ को बाटोमा जान्छौं’


३ पुष २०८०, मंगलवार
Prachanda Rabi Lamichhane

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एनसेल शेयर खरिद–विक्री प्रकरणमा करछली गरेको कुरा लुकाउने व्यक्तिलाई नै किन संयोजक बनाएको भन्दै प्रश्न उठाएका छन् ।

सिंहदरवारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै काण्ड हुने बित्तिकै कारबाही नगरेर किन छानबिन समिति बनाएको भन्दै प्रश्न तेर्स्याएका हुन् । उनले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भने, ‘दूरसञ्चार प्राधिकरणले आफ्नो क्षेत्राधिकार भित्र रहेर कारबाही गर्ने होइन र ? हाम्रा निकायलाई किन निकम्मा बनाइरहनु भएको छ ? कर तिर्नुपर्छ भन्ने सिकाउने हो कि होइन ? प्रणाली बनाउनेतिर ध्यान दिएनौँ भने कोल्याप्सको बाटोमा जान्छौँ । प्रधानमन्त्रीलाई गरौँ भने लाखौँ प्रश्न छन् ।

उनले सञ्चार मन्त्रालय अन्तर्गतको प्राधिकरणले गर्ने कारबाही कसले रोक्यो ? भन्दै प्रश्न गरेका छन् । उनले थपे, ‘तत्कालीन अर्थमन्त्रीले नै किन्नेले होइन बेच्नेले कर तिर्नुपर्छ भन्नु भएको थियो । नियामक निकाय प्राधिकरणलाई के भएको हो ? आएका प्रश्न अनुत्तरित हुनु हुँदैन । महालेखाको ५५ औँ प्रतिवेदनमा महालेखाको करछली लुकाइएको छ । त्यसै महालेखापरीक्षकलाई किन छानबिन समितिको संयोजक बनाइयो । एनसेलमा सधैँभरि कानूनलाई झुक्याउने काम भएको छ । कागजमा नेपाली स्वामित्व देखाउने कार्य भएको छ । प्रधानमन्त्रीको आशीर्वादले चल्ने होइन । आदेश कार्यान्वयन नभएको भनेर त बेला बेला बोलिरहनु भएकै छ त । ऐनमा भएका अप्ठ्यारालाई सुधार गर्न प्रतिबद्ध हुनुहुन्छ कि नाइँ ? भन्दै प्रश्नै प्रश्न गरेका छन् । २०८६ भदौ १५ अगाडि मात्रै शेयर खरिद बिक्री गर्न पाइने रहेछ । कानूनमा टेकेर उसले पाउने रहेछ । यो कमजोरलाई सच्चाउने कि नसच्याउने ?

उनले भने, ‘तपाई प्रधानमन्त्री भएको एक वर्ष भयो ? तपाईले गरेको न्यूनतम साझा कार्यक्रममा गरेको प्रतिबद्धता कहाँ पुग्यो ? मन्त्रिपरिषद्को सम्पत्ति विवरण किन लुकाइएको हो ? मन्त्रिपरिषद् बैठकले नै सम्पत्ति विवरण सार्वजनिक गर्ने भनेर मन्त्रिपरिषद् बैठकले नै गरिसकेको छ । किन त्यो कार्यान्वयन नगर्नु भएको हो ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७