किरात राई कर्मचारी मञ्चले ‘हरिलाल राई स्मृति सम्मान’ प्रेमकुमार र राजकुमारीलाई दिने


१० पुष २०८०, मंगलवार
kirat rai

काठमाडौं । यस वर्षको ‘हरिलाल राई स्मृति सम्मान’ बाट नेपाल सरकारका अधिकृत प्रेमकुमार राई र खरिदार राजकुमारी राई सम्मानित हुने भएका छन् ।

सोमबार बसेको किरात राई कर्मचारी मञ्च, केन्द्रीय सचिवालयको बैठकले प्रेमकुमार र राजकुमारीलाई ‘हरिलाल राई स्मृति सम्मान’ द्वारा सम्मानित गर्ने निर्णय गरेको हो। किरात राई कर्मचारी मञ्चले पाँचथरमा कार्यरत खरिदार श्री राजकुमारी राई र पुरुषतर्फ नेपाल टेलिकम, संखुवासभामा कार्यरत अधिकृत सातौं श्री प्रेम कुमार राईलाई ‘हरिलाल राई स्मृति सम्मान’ प्रदान गरिएको छ । नेपाल सरकारका उपसचिवसमेत रहेका मञ्चका सचिव योग्यप्रसाद राईद्वारा जारी गरिएको प्रेस विज्ञतिमार्फत जानकारी दिए ।

प्रेमकुमार नेपाल टेलिकम, संखुवासभामा कार्यरत छन् भने राजकुमारी मालपोत कार्यालय, पाँचथरमा कार्यरत छिन् । उनीहरू नगद रू १५ हजार र सम्मानपत्रसहित सम्मानित हुनेछिन् । मञ्चले दुर्गम क्षेत्रमा लामो समय सेवा गरेका तथा किरात समुदायको उत्थानमा सार्वजनिक क्षेत्रबाट गरेका योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मानित गर्दै आएको सचिव राईले बताए ।

२०७८ सालेदेखि हरेक वर्षको पौष ८ गते स्व. हरिलाल राईको स्मृति दिवसमा किरात राई कर्मचारीहरुमध्ये उत्कृष्ट एक महिला र पुरुषलाई सम्मानित गरिँदै आइएको छ। यसअघि यो सम्मानबाट पहिलो पटक महिलातर्फ सि।अ।न।मी। विमला राई, सुनसरी र पुरुषतर्फ अधिकृत छैटौं हरिनारायण राई, खोटाङलाई प्रदान गरिएको थियो। त्यस्तै, दोस्रो पटक महिलातर्फ टा.ना.सु। मैंया राई, धनकुटा र पुरुषतर्फ लेखापाल ध्रुवधन राई, सोलुखुम्बुलाई प्रदान गरिएको थियो।

प्रेस विज्ञति

412889557 290856327290790 8067462193692815444 n

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७