नेपाल र हङकङबीचको खेल बर्षाले रद्ध


२७ फाल्गुन २०८०, आईतवार
HK 2.jpg

काठमाडौँ । नेपाल र हङकङबीचको टी–२० खेल वर्षाले प्रभावित भएपछि खेल रद्ध भएको छ । टस हारेर पहिला ब्याटिंग गरिरहेको हङकङले ८ ओभरमा २ विकेट गुमाउदै ६५ रन बनाएपछि खेल बर्षाले रोकिएको थियो ।

लगातारको वर्षापछि खेल निर्धारित समयमा सुचारु हुन नसकेपछि खेल रद्ध भएको छ र दुवै टिमले एक एक अंक बाँडेका छन् । यस त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेल मार्च १२ मा पिएनजी र नेपाल पहिलो खेलमा खेल्ने छन् भने सोहि दिन दोस्रो खेलमा हङकङ र पिएनजी खेल्ने छन् । मार्च १३ मा त्रिकोणात्मक टी–२० सिरिजको फाइनल खेल हुने छन् भने फाइनलमा नपुग्ने देशले हङकङ ‘ए’ सँग तेस्रो स्थानको लागि खेल्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७