टि–२० सिरिजमा नेपालले पिएनजीको सामना गर्दै


२९ फाल्गुन २०८०, मंगलवार
nepal 3

काठमाडौं । हङकङमा जारी टी–२० श्रृंखला (सिरिज) अन्तर्गत आज (मंगलबार) दुई खेल हुँदैछन् । आज पहिलो खेल नेपाल र पीएनजीबीच हुँदैछ । यो खेल नेपाली समय अनुसार बिहान ७ः १५ बजेदेखि शुरु हुँदैछ ।

नेपाल र पीएनजीबीच अहिलेसम्म चार टी–२० खेल भएका छन् । जसमा नेपालले ३ र पीएनजीले एक खेलमा जित हासिल गरेको छ । त्यसैगरी आज दोस्रो खेल हङकङ र पीएनजीबीच हुँदैछ । यो खेल नेपाली समय अनुसार ११ः ४५ बजेदेखि शुरु हुनेछ ।

यसअघि आइतबार सम्पन्न नेपाल र हङकङबीचको सिरिजको पहिलो खेल बर्षाले रद्द हुँदा दुवै देशले एक–एक अंक बाँडेका थिए । अब नेपालले पीएनजीसँगको खेल जितेमा फाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछ । मार्च १३ मा त्रिकोणात्मक टी–२० सिरिजको फाइनल खेल हुनेछन् भने फाइनलमा नपुग्ने देशले हङकङ ‘ए’ सँग तेस्रो स्थानको लागि खेल्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७