पपुवा न्युगिनीविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल


२९ फाल्गुन २०८०, मंगलवार
Nepal png

काठमाडौं । हङकङमा जारी टी–२० श्रृंखला (सिरिज) मा आज (मंगलबार) नेपालले पपुवा न्यूगिनी (पीएनजीसँग खेल्दैछ । यो खेल नेपाली समय अनुसार बिहान पौने ७ बजे बजेदेखि शुरु हुनेछ ।

नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । नेपाल र पीएनजीबीच अहिलेसम्म चार टी–२० खेल भएका छन् । जसमा नेपालले ३ र पीएनजीले एक खेलमा जित हासिल गरेको छ । यसअघि भएको नेपाल र हङकङबीचको सिरिजको पहिलो खेल वर्षाले रद्द हुदा दुवै देशले एक–एक अंक बाँडेका थिए ।

त्यसैगरी आजै हङकङ र पीएनजीबीच हुँदैछ । यो खेल नेपाली समय अनुसार पौने १२ बजेदेखि शुरु हुनेछ । नेपालले पीएनजीसँगको खेल जितेमा फाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछ । फाइनल खेल भोलि हुनेछ । फाइनलमा नपुग्ने टोलीले हङकङ ‘ए’ सँग तेस्रो स्थानको लागि खेल्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७