फ्रान्सले तिराउन लगायो गुगललाई २५० मिलियन युरो जरिवाना


८ चैत्र २०८०, बिहीबार
Google

पेरिस । फ्रान्सले गुगललाई २५० मिलियन युरो जरिवाना तिराउने भएको छ । फ्रान्सको कम्पिटसन प्राधिकरणले गुगललाई २५० मिलियन यूरो अर्थात २७२ मिलियन डलर जरिवाना लगाएको हो ।

फ्रान्सको सोनियामकले अमेरिकामा रहेको कम्पनीले सन् २०२२ मा भएको सम्झौता उल्लङ्घन गरेको कारण यस्तो भएको बताएको छ । सम्झौताले मिडिया कम्पनीहरूलाई उनीहरूको सामग्री अनलाइन पुनः उत्पादन गर्न भुक्तानी मामिलामा यो जरिवाना तिराएको हो ।

पेरिसका अधिकारीहरूका अनुसार गुगलले समाचार प्रकाशकहरूसँग उनीहरूको सामग्रीको प्रयोगको पारिश्रमिक कति हुनेछ ? भनेर असल विश्वासका लाग िवार्ता नगरेको आरोप लगाएका थिए । फ्रान्सेली अधिकारीहरूले हालैका वर्षहरूमा गुगलमा लगाएका धेरै दण्डहरूमध्ये यो सबैभन्दा नयाँ हो । टेक टाइटनविरुद्ध पेरिसको दण्डात्मक कार्यहरू डेटा सुरक्षा र प्रतिलिपि अधिकार मुद्दाहरूमा मुख्य रूपमा केन्द्रित छन् । जहाँ सुन्दर पिचाईको नेतृत्वमा रहेको कम्पनीलाई भुक्तान गर्न भनिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७