आयरल्याण्ड ‘ए’ लाई नेपालले ६ विकेटले हरायो


१२ चैत्र २०८०, सोमबार
can 1.jpg 11

काठमाडौँ । नेपालले आयरल्याण्ड वोल्भ्सलाई पराजित गरेको छ । आयरल्याण्ड वोल्भ्सले दिएको १२२ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपालको जितमा सन्दीप जोराले ३६ रन बनाएका थिए भने कुशल भुर्तेलले अविजित ३७ रन बनाएका थिए । त्यस्तै आसिफ सेखले १६ रन बनाएका थिए भने दिपेन्द्र सिंह ऐरीले अविजित २० रन बनाएका थिए । त्यसैगरी कप्तान रोहित पौडेल शुन्यमा र गुलशन झाले ४ रन बनाएका थिए । त्यसैगरी ग्यारेथ डेलानीले २ विकेट लिएका थिए भने बेन ह्वाइट र थोमस मायेसले एक एक विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा अल आउट हुदै १२१ रन बनाएको थियो ।

आयरल्याण्ड वोल्भ्सका लागि स्टेफेन डोहेनीले सर्बाधिक ४६ रन बनाएका थिए भने थोमस मायेज र लियाम म्याकार्थीले १६–१६ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर ललित राजबंशी, गुलशन झा र कुशल भुर्तेलले २–२ विकेट लिए भने करण केसी र कुशल मल्लले एक एक विकेट लिएका थिए । यो जितपछि नेपालले आयरल्याण्ड वोल्भ्सविरुद्धको सिरिजमा १–० को अग्रता हासिल गरेको छ । दुई खेलको सिरिजको दोस्रो खेल मंगलबार हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७