सरकारमा सँगै, उपनिर्वाचनमा आमने–सामने


१४ चैत्र २०८०, बुधबार
Gathabandhan

काठमाडौँ । आगामी बैशाख १५ मा हुने उपनिर्वाचनमा सत्ता समीकरण नै आमने सामने हुने भएका छन् । नेकपा एमालेले सबैभन्दा पहिला उपनिर्वाचनको उम्मेद्वार छनौट गरेपछि अब अन्य दल पनि उम्मेदार छनौटमा जुटेका छन् ।

नेकपा एमालेले इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेद्वार बनाएको छ । त्यस्तै एकीकृत समाजवादीले इलामा–२ मा जीतबहादुर राई र बझाङ प्रदेश सभामा दिलबहादुर सिंहलाई उम्मेद्वार बनाउने निश्चित भएको बताइएको छ ।

त्यसैगरी राष्ट्रिय स्वत्रन्त्र पार्टीले पत्रकार मिलन लिम्बूलाई उम्मेद्वार बनाउने तयारी गरेको छ र यसको औपचारिक घोषणा चैत्र १७ गते गर्दैछ । त्यस्तै माओवादी केन्द्रले पनि उपनिर्वाचनमा आफ्नै उम्मेद्वार उठाउने निर्णय गरेको छ । बुधबार बिहान बसेको पदाधिकारी बैठकले उम्मेद्वार उठाउने निर्णय गरको हो ।

भर्खरै बनेको सत्ता समीकरण उपनिर्वाचनमै एक ठाउमा आउन नसक्ने अवस्था बनेपछि यो समीकरणमा अझै आपसी विश्वासको संकट रहेको विश्लेषण हुन थालेको छ । केन्द्रदेखि प्रदेशसम्म सत्ता भागबण्डा गर्ने तर चुनावी मैदानमा एक्ला–एक्लै जाँदा राजनीतिक रुपमा यसले गठबन्धन परिपक्क नभएको अर्थ लागेको विश्लेषण गरिएको छ ।

सत्ता समीकरणमा एमालेले शुरुमै उम्मेद्वार छनौट गरेर साझा उम्मेद्वार बनाउने प्रयास नै नगरेको माओवादी केन्द्रका एक नेताले बताएका छन् । एमालेको समीकरणप्रतिको व्यवहार फरक रहेको महसुस उपनिर्वाचनको उम्मेद्वार छनौटले देखाएको ती नेताले बताए । उपनिर्वाचनको उम्मेदवारी दर्ता चैत्र २४ गते रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७