इलाम–२ को उपनिर्वाचनमा उम्मेद्वार बन्न रास्वपाबाट ६ जनाको दावेदारी


१४ चैत्र २०८०, बुधबार
rabi 3

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बैशाख १५ मा इलाम –२ मा हुने उपनिर्वाचनका लागि प्रारम्भिक उम्मेदवारको सूची सार्बजनिक गरेको छ ।

इलाम–२ का लागि रास्वपाको प्रारम्भिक उम्मेदवारमा गोकुल बहादुर राई, जमुना शर्मा, महेन्द्र कुमार थापा, मान बहादुर घिमिरे, मिलन लिम्बु र डा. शेष नारायण न्यौपाने रहेका छन् । रास्वपाले प्रारम्भिक उम्मेदवार उपर दाबी विरोध गर्ने विहीबार १ बजेसम्मको समय दिएको छ । उम्मेदवारी दिनेहरुमा एक महिला र ५ पुरुष छन् । पार्टी स्रोतका अनुसार हालै माओवादी त्यागेका मिलन लिम्बूलाई उम्मेदवार बनाउने नेतृत्वको तयारी छ ।

प्राविधिक रुपमा प्राइमरी इलेक्सन भनिए पनि अन्य उम्मेदवारलाई पछि हट्न दबाब दिएर मिलनलाई खडा गर्ने बलियो सम्भावना देखिएको छ । मिलन जनजाति पत्रकार महासंघका महासचिव तथा रास्वपा सभापति रवि लामिछानेका पूर्व सहकर्मी समेत हुन् ।

raaawpaa.jpg

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७