नेपाल ‘ए’ र आयरल्याण्ड वोल्भ्सबीचको पहिलो टी–२० खेल आज


१५ चैत्र २०८०, बिहीबार
nepal cricket uIye1GINq3
फाइल फोटो

काठमाडौँ । नेपाल ‘ए’ क्रिकेट टिमले आज (बिहीबार) आयरल्याण्ड वोल्भ्सविरुद्ध टी–२० सिरिजको पहिलो खेल खेल्दैछ । त्रिवि मैदानमा हुने यो खेल अपराहन्न १ बजेदेखि शुरु हुँदैछ ।

नेपाल ‘ए’ ले मार्च २८ , २९ र ३१ मा आयरल्याण्ड वोल्भ्ससँग टी–२० सिरिज र अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ । त्यसअघि नेपालको राष्ट्रिय टिमले आयरल्याण्ड ‘ए’ सँग दुई टी–२० खेल खेलेको थियो, जसमा दुवै खेल नेपालले जितेको थियो ।

टी–२० सिरिज खेल्ने नेपाली ‘ए’ टिम :

विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७