आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक


१६ चैत्र २०८०, शुक्रबार
lokesh.jpg

काठमाडौँ । लोकेश बमले आयरल्याण्ड वोल्भ्सविरुद्ध शतक प्रहार गरेका छन् । आयरल्याण्ड वोल्भ्सले दिएको २२३ रनको लक्ष्य पछ्याइरहेको नेपाल ‘ए’ का लागि लोकेशले आक्रामक ब्याटिङ गर्दै ५४ बलमा शतक पुरा गरेका हुन् ।

बमले आफ्नो शतक पुरा गर्ने क्रममा ९ चौका र ८ छक्का प्रहार गरेका थिए । लोकेश १०६ रन बनाएर आउट भएका छन् । यो समाचार तयार गरुन्जेल नेपालले १६ ओभरमा ४ विकेट गुमाएर १८९ रन बनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७