तत्काल सुदूरपश्चिम सरकार छोड्न नाउपाकी अध्यक्ष रञ्जिताको लिखित निर्देशन


१६ चैत्र २०८०, शुक्रबार
Ranjita chaudhari shrestha 1

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले तत्काल सुदूरपश्चिम प्रदेश सरकार छाड्न संसदीय दलका नेतालाई निर्देशन दिएकी छन् ।

आज (शुक्रबार) अध्यक्ष रञ्जिताले प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र लेखेर सरकार छोड्न लिखित निर्देशन दिएकी हुन् । टीकापुरमा बुधबार बसेको पार्टीको संस्थापक केन्द्रीय सदस्यहरुको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको भन्दै उनले पत्रमा सरकार नछोडे पार्टीको विधान आकर्षित हुने चेतावनी समेत दिएकी छन् । पार्टीका संरक्षक रेशम चौधरीको निर्देशनमा सुदूरपश्चिममा नाउपाका ७ मध्ये ५ सांसद मन्त्री बनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७