दार्चुलामा भिरबाट लडेर वडा सचिवको घटनास्थलमै मृत्यु


१६ चैत्र २०८०, शुक्रबार
bhir makawanpur
सांकेतिक तस्वीर

धनगढी । दार्चुलाको मालिकार्जुन गाउँपालिका–५ डाडाकोटस्थित भिरबाट लडेर एक वडा सचिवको मृत्यु भएको छ । प्रहरीका अनुसार गाउँपालिकाको केन्द्र पस्तीबाट डाँडाकोट जाने क्रममा वडा सचिव ४० वर्षीय गंगाराम लुहारको मृत्यु भएको हो ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । घटना बिहीबार भएकोमा प्रहरीले शुक्रबार जानकारी पाएको बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७