पीडा हुन्छ पेनाल्टी चुक्दा : मेस्सी


३ असार २०७५, आईतवार
leonal messi 2

काठमाडौं ३ असार । गए राती भएको अर्जेन्टिना र आइल्यान्डको खेल १—१ बराबरीमा समाप्त भएको थियो । उक्त खेलमा अर्जेन्टिनाका स्टार लिओनल मेस्सीले पेनाल्टी अवसर पाए पनि गोलमा परिणत गर्न नसक्दा आइसल्यान्डसँग बराबरीमा खेल टुङगिएको हो ।

leonal messi 2

मेस्सीले आइसल्याण्डले खेल्ने भन्दा रोक्न रणनीति लिएकाले अर्जेन्टिनाले विजयी गर्न नसको बताए । आइसल्याण्डले रोक्ने रणनीति लिएकोले अर्जेन्टनालाई गोल गर्न कठिन भएको बताएका छन् । उनले भने, उनीहरूले थोरै मात्र खेलेको भए हामीले अलि धेरै अवसर श्रृजना गर्न सक्थ्यौँ ।’

मेस्सीले पेनाल्टी चुकाएको दुःख लागेको बताएको छ । उनले भने, पेनाल्टी अर्जेन्टिनाको लागि मौका थियो । तर, मिस गर्दा पीडा भयो ।’ खेलमा विजयी सुरुवात हुनु महत्त्वपूर्ण भएको बताएका छन् । अब क्रोएसियासँगको खेलमा केन्द्रित हुने बताएका छन् ।

खेल अवधिभर अजेन्टिनाले १६ पटक आइसल्याण्डको गोल पोस्टमा प्रहार गरेको थियो । जसमा ११ प्रहार मेसीले मात्र गरेका थिए । मेस्सीले प्रहार गरेको कुनै पनि बल गोलमा परिणत हुन सकेन । आइल्याण्विरुद्ध मेस्सीले प्रहार गरेको बल कुनै पनि देशविरुद्ध गरेको सर्वाधिक प्रहार बनेको छ ।

अजेन्टिनाले सन् १९९० यता उद्घाटन खेलमा पहिलोपटक जित निकाल्न नसकेको हो । १९९० मा पहिलो खेलमै क्यामरुनसँग पराजित भएको थियो । तर, पनि विश्व कपको फाइनलसम्म अर्जेन्टिाना पुगेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७