विश्वकपः ब्राजिल र स्वीजरल्याण्ड अन्तिम सोह्रमा प्रवेश


१४ असार २०७५, बिहीबार
brazil

काठमाडौं १४ असार । रुसमा जारी विश्वकप समूह चरणको खेलमा ब्राजिल र स्वीजरल्याण्ड अन्तिम १६ मा प्रवेश गरेको छ । आज सम्पन्न भएको खेलमा ब्राजिलले सर्बियालाई २-० ले पराजित गर्दै अन्तिम १६ को लागि बाटो तय गरेको हो । यस अघि २ खेल खेलेका ब्राजिल आफ्नो पहिलो खेल स्वीजरल्याडसँग १-१ बराबरी खेलेको थियो । ब्राजिलले आफ्नो दोस्रो खेलमा कोस्टारिकाविरुद्ध २-० को नतिजा निकालेको थियो ।

brazil

सर्बियासँग भएको खेलमा ब्राजिललाई जीत वा न्यूनतम बराबरीमा खेल टुङग्याउनु पर्ने थियो । सर्बियालाई भने जसरी पनि खेलमा जित निकाल्नु पर्ने थियो । खेलमा ब्राजिलले सर्बियालई पराजित गरेसँगै ७ अंकका साथ समूह ‘ई’ को शीर्ष स्थान ओगटेको छ । सर्बिया भने ३ अंकका साथ समूहको तेस्रो स्थानमा रहेको छ ।

खेलमा अधिकांश आफ्नो नियन्त्रणमा बल लिएको ब्राजिलले ३६ औँ मिनेटमा पाहुलिनोले गोल गर्दै अग्रता दिलाएको थियो । पहिलो हाफमा १-० ले अग्रता लिएको ब्राजिलले ६८ औँ मिनेटमा थियागो सिल्भाले गरेको गोल नै निर्णायक बनेको थियो । भने सर्बिया ३ अंकका साथ तेस्रो स्थानमा रहेका छन् । समूहको नन्तिममा रहेको कोस्टारिकाको भने स्वीजरल्याण्डसँग १ खेल बराबरी खेल्दै १ अंकका साथ समूहको अन्तिम स्थानमा रहेको छ ।

srbia

स्वीजरल्याण्ड र कोस्टारिकाको खेल भने २-२ बराबरीमा टुङगिएको थियो । स्वीजरल्याण्डले आफ्नो ३ खेलमा २ खेल बराबरी खेलेको थियो भने १ खेलमा विजयी गर्दै ५ अंक जोडेर समूहको उपविजेता हुँदै अन्तिम १६ मा प्रवेश गरेको हो । आज भएको स्वीजरल्याण्ड र कोस्टारिकाको खेलमा ३१ औँ मिनेटमा स्वीजरल्याण्डका डिजमाइलीले गोल गर्दै अग्रता दिलाएको थियो ।

swizgerland

एक गोलले अगाडी रहेको स्वीजरल्यान्डसँग कोष्टारिकाले दोस्रो हाफमा खेलको ५६ औँ मिनेटमा बराबरी गोल फर्कायो तर खेलको ८८ औँ मिनेटमा डर्मिकले गोल गरेपछि स्वीटजरल्यान्डले खेलमा फेरि अग्रता लिएको थियो । कोष्टारिकाका लागि बराबरी गोल वास्टनले गरे । यसरी २-१ले पछाडि परेको अवस्थामा कोष्टारिकाले खेलको अतिरिक्त समयमा बराबरीको मौका पायो। कोष्टारिकाका लागि सो बराबरी गोल ९३ औङ मिनेटमा सोमेरले गरेका थिए ।

costarika

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७