अर्जेन्टिनालाई ४–३ गोलले हराउँदै फ्रान्स क्वाटरफाइनलमा प्रवेश
काठमाडौं, १६ असार । फ्रान्स अर्जेन्टिनालाई हराउँदै रुसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नकआउट चरणको रसियाको कजन एरेना रंगशालामा भएको पहिलो खेलमा ४–३ गोलले हराउँदै फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
फ्रान्सका लागि क्यालियन मबाप्पेले चौथो र तेस्रो गोल गर्दे जित सुनिश्चित गरे । उनले ६४ र ६८ औं मिनेटमा गोल गरे । फ्रान्सले ४–२ गोलको अग्रता लिएको अवस्थामा अर्जेन्टिनाका लागि अतिरिक्त समयमा सर्जियो अग्युरोले गोल गरेपनि हार टार्न सकेनन् । अर्जेन्टिनाले २–१को अग्रता लिएको अवस्थामा फ्रान्सका लागि बेन्जामिन फावार्डाले ५७ औं मिनेटमा गोल गर्दे बराबरी बनाएका थिए ।
अर्जेन्टिनाका लागि दोस्रो हाफमा गाब्रीयल मरकाडोले ४८ औं मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए । उनले कप्तान लियोनल मेस्सीले हानेको बललाई उनले पोष्टका दिशा दिएका थिए ।
यसअघि खेलको पहिलो हाफमा ४१ औं मिनेटमा एन्जेल डी मारिया अर्जेन्टिनाका लागि गोल गर्दै बराबरी गरेका थिए । डी बक्स बाहिरबाट मारियाले गरेको उत्कृष्ट प्रहार गोलमा परिणत गरेका थिए ।
फ्रान्सले खेलको १३औं मिनेटमा ग्रिजम्यानले पेनाल्टीमा गोल गदै अग्रता लिएको थियो । एम्बापेलाई डि एरियाभित्र लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो।
यसअघि अर्जेन्टिनामाथि फ्रान्सले सुरूवाती अग्रता लिएको थियो । खेलको १३औं मिनेटमा ग्रिजम्यानले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई सुरूवाती अग्रता लिएको हो । एम्बापेलाई डि एरियाभित्र लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो।
याे पनि पढ्नुहाेस्
मेस्सी ‘म्याजिक’को प्रतिक्षामा करोडौं दर्शक