उटपट्याङ्ग उपेन्द्र भन्छन्, ‘म नपढ्ने मामिलामा साह्रै बदनाम छु’


२१ असार २०७५, बिहीबार
upendra subba

काठमाडौं, २१ असार । न ढाँटी भन्नुपर्छ– म त्यस्तो पढाकु मनुवा नै होइन । नपढ्ने मामिलामा साह्रै बदनाम छु । नपढ्नुमा मेरै कमजोरी छन् । मेरै सहुलियतका लागि दिमागले तर्कहरूको उत्पादन गरिदिन्छ । सोचिबस्छु– यो संसारमा पढेर के सक्नु ? नपढ्दा के हुन्छ ? आफ्नै समकालीन लेखक र नजिकका साथीभाइका किताब पनि कमै पढ्छु ।upendra subba

टाढाको पनि पढ्न सक्दिनँ । अंग्रेजी एउटै उपन्यास अहिलेसम्म छिचोलेको छैन किनकी मेरो अंग्रेजी एकदम कमजोर छ ।
खगेन्द्र संग्रौला र कुमार नगरकोटीका किताब भने कुनै पनि नछुटाई पढ्छु । धर्मेन्द्रविक्रम नेम्बाङका कविता मात्र होइन, फेसबुके स्टाटस समेत कण्ठ पारीबस्छु । साठीको दशकको मध्यदेखियता कुनै पुस्तक मन लगाएर पढेको छुइनँ ।

तर, कुनै जमाना खुब पढ्थेँ । हिन्दी उपन्यास पढ्ने लतमा फसेको थिएँ । आध्यात्मिक किताब सबैभन्दा धेरै पढेँ । ओशो, युजी कृष्णमूर्तिदेखि तन्त्रमन्त्रसम्मका अनेक किताब पढिबस्थे । नेपाल साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७