फाइनल प्रवेशका लागि फ्रान्स र बेल्जियम भिड्ने

काठमाडौं, २२ असार (एजेन्सी) । रसियामा जारी विश्वकपको फाइनलमा प्रवेशका लागि फ्रान्स र बेल्जियम भिड्ने भएको छ । गएको राति भएको खेलमा आफना–आफनो खेल जित हात पार्दे फ्रान्स र बेल्जियका भेट पक्का भएको हो ।
क्वाटरफाइनल अन्तर्गतको निजेनी नोव्गोरोड रंगशालामा भएको पहिलो खेलमा उरुग्वेलाई ०–२ गोलले पराजित गर्दे फ्रान्स सेमिफाइनल प्रवेश गरेको हो । उसका लागि राफेल भाराने र एन्टोन ग्रिजम्यानले एक–एक गोल गरे ।
यस्तै कजन एरेना रंगशालामा भएको खेलमा बेल्जियमले ब्राजिललाई १–२ गोलले पराजित गर्दे बेल्जियम सेमिफाइनल प्रवेश गर्यो । उसका लागि एक गोल ब्राजिलले आत्मघाती गरेको थियो भने दोश्रो गोल रोमेलु लुकाकुको सहयोगमा डिब्रुएनेले गरे ।
अब शनिबार हुने स्वीडेन र इँग्ल्याण्ड, क्रोएसिया र रसियाबीचको बिजेता सेफिफाइनल यात्रा तय गर्नेछ ।