कप्तान पारसले लिए चार विकेट, नेदरल्याण्डकाे आठौं विकेट गयो (अपडेट)


१६ श्रावण २०७५, बुधबार
cricket

काठमाडौं, १६ साउन । नेपालका कप्तान पारस खड्काले नेदरल्याण्डविरुद्ध चार विकेट लिएका छन् । भीआरए मैदानमा जारी एकदिवसीय अन्तर्रा्ष्ट्रिय क्रिकेटको पहिलो खेलमा कप्तान खड्काले दोस्रो, चौथो, सातौं र आठौं विकेट लिएका हुन् ।cricket

उनले सातौं र आठौैं ४० ओभरमा लिए । ३९.२ ओभरमा अर्धसतक बनाएका रिप्पोनलाई ५१ रनमा सातौं विकेटको रुपमा आउट गरे । रिप्पोनले ७६ बलमा दुई चौका सहित ५१ रन बनाए ।

चौथो विकेट उनले १५.१ ओभरमा बुररेसीको विकेट चौथो लिए । भने बेन कुपरलाई दोस्रो विकेटको रुपमा आउट गरे । उनलाई एलबीडब्लु धरापमा पारेका थिए । उन ७.४ ओभरमा विकेट लिए ।

नेपालका लागि स्पीनर बसन्त रेग्मीले छैटों विकेट लिएका छन् । बसन्तले सेलरलाई ३८.२ ओभरमा ५ रनमा आउट गरे । उनको यो व्यक्तिगत पहिलो विकेट हो ।basanta

यसअघि सोमपालले रिप्पोन र डि लीडेले ६९ रनको साझेदारी गरेर खेलिरहेको बेला सोमपालले ३३.४ ओभरमा लीडेको विकेट लिएको हुन् । लिडेले ३० रन बनाएका थिए । भने रिप्पोनले ३९ रन बनाएर खेलिरहेको थिए ।

सोमपालले यसअघि पहिलो विकेट लिएको थिए । नेदरल्याण्डसका ओपनर ड्यानिएल टर ब्राकलाई सोमपालले १ रनमै आउट बनाउन सफल भए । ब्राकले ११ बलमा मात्र १ रन मात्र बनाएका थिए । उनले २.३ ओभरमा बोल्ड आउट गरे ।

सोमपालले ६ ओभर बलिङ गरेका उनले १ मेडन ओभर राख्दै दुई विकेट लिएर २२ रन दिएका छन् ।

युवा स्पीनर सन्दीप लामिछानेले तेस्रो सफलता दिलाएका छन् । नेदरल्याण्डविरुद्ध भीआरए मैदानमा जारी खेलमा सन्दीपले म्याबुर्कलाई बोल्ड आउट गरेका । उनले १२.२ ओभरमा २९ रन बनाएर खेलिरहेका म्याबुर्कलाई आउट गरे ।

नेदरल्याण्डले अहिले ४३ ओभरको खेल सकिंदा आठौं विकेट गुमाएर १६३ रन बनाएको छ । क्रिजमा रिप्पोन र पिएम सेलर रहेको छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७