आर्मी स्टाइलको कपाल काटेको पुरुष मेरो आँखामा अडिन्छन् : एलिशा राई


१६ माघ २०७५, बुधबार
alisha rai


काठमाडौं, १६ माघ । एलिशा राई अहिलेकी सबैभन्दा बढी चलेकी नृत्यङ्गना अनि मोडल हुन् । अहिले विभिन्न गीतका भिडियोमार्फत दर्शकमाझ बाक्लै रुपमा आइरहेकी एशिसाको नृत्यसँगै उनको सुन्दरताको पनि तारिफ हुने गरेको छ । चिटिक्क परेकी एशिलालाई भने कस्ता पुरुष सुन्दर लाग्छन् ? सुनौ उनकै शब्दमा :-

alisha rai

हेर्दा साधारण देखिने पुरुष नै मलाई सुन्दर लाग्छ । ज्यान पनि ठिक्कको होस्, न मोटो न पातलो । लुगा लगाउँदा पनि चट्ट मिलेको देखियोस् । आर्मी स्टाइलमा छोटो कपाल काटेको पुरुष एकदमै ह्यान्डसम लाग्छ ।

पुरुषले नाना थरीका हेयर कलर गरेको चाहिँ मन पर्दैन । धेरै झुसे पाराले दाह्रीजुँगा पालेको पनि मन पर्दैन । दाह्री भए पनि अनुहारलाई सुहाउने खालको होस् भन्ने लाग्छ । गोलो अनुहार, गहुँगोरो वर्ण भएको पुरुषलाई म सुन्दर पुरुष मान्दछु । चिम्से अथवा ठूला नभई आँखाको आकार ठिक्कको होस् । आँखीभौँ धेरै बाक्लो नहोस् र जोडिएको पनि नहोस् । आँखाको रङ हलुका नहोस् । खैरो, कालो जुन रङ भए पनि गाढा होस् ।

alisha

नाक न थेप्चो होस् न चुच्चो ठिक्कको नै राम्रो लाग्छ । पुरुषले धेरै फेसनेबल लुगा लगाएको पनि त्यति मन पर्दैन । साधारण सर्ट, प्यान्ट लगाएर हिंड्ने तर हेर्दा जेन्टल देखिने होस् । राम्रो र सफा लुगामा ठाँटिएर हिंड्ने पुरुषमा मेरा आँखा अडिन्छन् । कानमा सानो टप लगाएको पुरुष पनि खूब मन पर्छ । धेरै अग्लो वा होचोभन्दा सामान्य उचाइको पुरुष सुन्दर लाग्छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७