फेसबुकको प्रयोग सम्बन्धी जुकरवर्गको यस्ताे दाबी 


१८ माघ २०७४, बिहीबार
MarkZuckerbergFacebook large

काठमाडाैं, १८ माघ (एजेन्सी) : फेसबुकमा मान्छे समय कम बिताउन थालेकाे  फेसबुकमा प्रमुख कार्यकारी मार्क जुकरवर्गले दाबी गरेका छन्। पछिल्लो समय फेसबुकमा गरिएका परिवर्तनहरुको कारण यसमा मानिसहरुले बिताउने समयमा दैनिक पाँच करोड घण्टाले कमी आएको उनले बताएका छन् । MarkZuckerbergFacebook large

‘२०१७ फेसबुकका लागि राम्रो वर्ष थियो, साथै कठिन पनि। २०१८ मा हाम्रो ध्यान फेसबुक प्रयोग भनेको रमाइलोका लागि मात्र होइन बरु मानिस र समाजको भलाइका लागि पनि हो भन्ने निश्चित गर्नमा केन्द्रित छ,’ जुकरवर्गले बुधबार भनेका छन्, ‘यसअघिनै गएको तीन महिनामा हामीले फेसबुकमा बिताइएको समय गुणस्तरीय होस् भन्ने उद्देश्यले भाइरल भिडियो कम देखाउने परिवर्तन गर्‍यौँ। समग्रमा हामीले गरेका परिवर्तनहरुबाट फेसबुकको दैनिक प्रयोग घण्टा ५ करोड घण्टाले घटेको छ।’

यो फेसबुकमा मानिसहरुले बिताउने जम्मा समयको करिब पाँच प्रतिशत भएको उनले बताए।केही समयअघि फेसबुकले आफ्नो न्युजफिडमा परिवर्तन गर्ने घोषणा गरेको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७