गोर्खा सैनिकका खाम्चा मगर बेलायती सेनाको उच्च तहमा पुगे


२३ माघ २०७४, मंगलवार
khamcha

काठमाडौं: एकजना गोर्खा सैनिक बेलायती सेनाको उच्च तहमा पुग्न सफल भएका छन् । ५० वर्षीय टोल खाम्चा मगर गत बिहीबार लेफिटनेन्ट कर्णेल पदमा पदोन्नति भएका हुन् । उक्त पद बेलायती सेनाको छैटौं वरीयतामा छ ।khamcha

१ फेब्रुअरीमा अल्डरसटस्थित रिजनल कमाण्ड हेडक्वार्टरमा औपचारिक घोषणा खाम्चालाई गरेको हो । ५० वर्षीय खाम्ता स्याङ्जा शीरकोट, करादीमा जन्मिएका हुन् । बेलायती सेनामा नेपालीहरुले २ सय वर्षदेखि प्रवेश पाउँदै आएका भए पनि उच्च पदमा कमै पुग्ने गरेका छन् ।
खाम्चा बेलायती सेनाको छैटौं वरीयतामा पुग्ने चौथो नेपाली हुन् । यसअघि लालबहादुर पुन, विजय राजत र यामबहादुर रानाले पनि यो पदमा पुग्ने अवसर पाएका थिए । यद्यपि, उनीहरु सबै अहिले सेवा निवृत्त भइसकेका छन् ।khamcha magar

स्याङ्जा शीरकोट, करादीमा जन्मिएका खाम्चा आजभन्दा ३० वर्षअघि बेलायती सेनामा भर्ना भएका हुन् । गाउँबाट प्राथमिक तहको र बुटवलबाट एसएलसीसम्मको पढाइ पूरा गरेपछि सैनिक पृष्ठभूमिका उनका बाबुले उनलाई कानून विषय पढाउन चाहेका थिए । तर इन्जिनियरिङ विषय पढ्न पुल्चोक क्याम्पसका भर्ना भएका खिम्ची साथीको लहैलहैमा लागेर बेलायती सेनामा भर्ना हुन पुगे ।

बेलायती सेनाको विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका खाम्चा हाल युकेको अल्डरसटस्थित आर्मी हेर्डक्र्वाटर रिजनल कमाउडमा बसोबास गर्छन् ।

‘भाग्य, खुबी, मिहिनेत र कामप्रति इमान्दार नै मेरो सफलताको कारण होला’, खाम्चाले आइतबार भने, ‘म एकदम खुसी छु। यो प्रमोसन असम्भव त थिएन तर सिपाहीदेखि भर्ती भएर यहाँसम्म आइपुगिएला भन्ने सोचेकै थिइनँ।’ उनको पदावधि अब करिब ५ वर्ष हुनेछ। ‘रिटायर्ड हुँदा नेपाल र नेपालीको इज्जत राखेर फर्कन्छु’, उनले सुनाए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७