आरआरका पूर्वविद्यार्थी जसले अब संसदमा प्रतिनिधित्व गर्दैछन्
प्रबिन कुलुङ राई
काठमाडौं: प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा अध्ययन गरेका आधा दर्जन पूर्वविद्यार्थी निर्वाचित भएका छन् ।अब संसदमा प्रतिधित्व गर्दै छ ।
विजयी पूर्वविद्यार्थी सबै एमाले र माओवादी केन्द्रका छन् । राजेन्द्रकुमार राई भोजपुर प्रदेशसभा (क) बाट विजयी भएको छ । आरआरमा अनेरास्ववियुको अध्यक्ष भएका थिए ।०४९ मा स्ववियु सभापति बनेको थियो । राई सदस्य हुदै सभापति र पछि फेरी सदस्य बनेको थियो ।
यज्ञराज सुनुवार ओखलढुंगाबाट प्रतिनिधिसभामा निर्वाचित भएको छ । ०५३ मा महेन्द्ररत्न तहाचलमा स्ववियु सभापति बनेको थियो । त्यस पछि दोस्रो पटक आरआरमा स्ववियु सभापति बनेको थिए ।
काठमाडौं ३ बाट प्रतिनिधिसभामा विजयी भएकाे छ । (आरआर)कै पूर्व विद्यार्थी तथा अनेरास्ववियु नेता थिए ।
विना मगर कञ्चनपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएकी छिन् । उनी आरआरकी पूर्व विद्यार्थी हुन् । ०५७ मा तत्कालिन माओवादी निकट विद्यार्थी संगठनबाट आरआरमा स्ववियु सदस्यकी उम्मेदवार बनेकी मगर पराजित भएकी थिइन् । ०६५ को स्ववियु निर्वाचनमा सरस्वती क्याम्पसबाट सभापतिमा विजयी भइन् ।
विशाल भट्टराई खोटाङबाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् । आरआरकाे ०४९ मा अनेरास्ववियुको प्रारम्भिक कमिटि अध्यक्ष भएका थिए ।
काभ्रे क्षेत्र नम्बर २ को प्रतिनिधि सभामा गोकुल बांसकोटा विजयी बनेका छन् । बांसकोटा (आरआर)कै पूर्व विद्यार्थी तथा अनेरास्ववियु नेता थिए ।
काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेश (ख) मा चन्द्र लामा विजयी भएका छन् । (आरआर)कै पूर्व विद्यार्थी तथा अनेरास्ववियु नेता थिए ।