आमाको पदचाप पछ्याउदै पासाङ ल्हामुकी छोरी दावाफुटी


१३ बैशाख २०७६, शुक्रबार
pasanga lhamu sherpa daughter1

काठमाडौं, १३ वैशाख : पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको जिम्मा उनी जेठी छोरी दावा फुटी शेर्पाले लिएकी छिन् ।

अमेरिकामा अध्ययन सकेर देश फर्किएकी दावा फुटीले आमा पासाङ ल्हामु शेर्पाको सपनालाई पुरा गर्ने लक्ष्यको साथ प्रतिष्ठानको जिम्मेवारी लिएकी हुन् ।

बुधबार धुम्वारहीमा भएको प्रतिष्ठानको साधारणसभाबाट उनी अध्यक्षमा सर्बसम्मत चयन भएकी हुन् । साधारणसभाले प्रथम उपाध्यक्ष सिताराम सापकोटा, द्धितिय उपाध्यक्षमा नाम्गेल शेर्पा, महासचिवमा छेटु शेर्पा सहित ११ सदस्सीय समिति चयन गरेको छ ।

पासाङ ल्हामुले वि.स ०५० वैशाख १० गते दक्षिणी मोहडाबाट सगरमाथाको सफल आरोहण गरिन् । तर सगरमाथाको सफल आरोहण गरेर फर्कने क्रममा हिम आँधीमा परेर उनको निधन भयो

निधनपछि उनकै सम्मान र सम्झनामा स्थापित संस्था पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको नेतृत्व लामो समयपछि छोरीले लिएकी हुन् । यसअघि प्रतिष्ठानको अध्यक्ष पूर्वमन्त्री कृपाशुर शेर्पा थिए ।

पासाङ ल्हामुको सपना

Dawa futi Sherpa
निवर्तमान अध्यक्ष कृपाशुर शेर्पाबाट प्रमाणपत्र लिदै अध्यक्ष दावा फुटी साथमा उनका बुवा (पासाङ ल्हामु शेर्पाको श्रीमान् सोनाम)

पासाङ ल्हामुको ३२ बर्षको उमेरमा २०५० बैसाख १० गते सगरमाथाबाट फर्कने क्रममा साउथकोलमा आरोही पासाङ ल्हामुको हिमपहिरोमा परी मृत्यू भएको थियो । पासाङ ल्हामुको साहसको सम्मान गर्दै नेपाल सरकारले २०५९ साल वैशाख १० गते उनलाई राष्ट्रिय विभूति घोषणा गरेको छ । उनलाई सरकारले नेपाल तारा अलंकारले सम्मानित (मृत्युपर्यन्त) समेत गरेको छ ।

यसका साथै उनको पूर्ण कदको शालिक स्थापना गरिएको छ भने उनको तस्बिरसहितको हुलाक टिकटसमेत प्रकाशित भएको छ । पूर्वी नेपालको नाम्चे गाउँ विकास समितिअन्तर्गतको ७ हजार ३ सय ५१ मिटर अग्लो ‘जासम्बा’ नामको चुचुरोलाई पासाङ ल्हामु चुली नामकरण गरिएको छ ।

पासाङ ल्हामुको जीवन साथी लाक्पा सोनाम, छोरा नाम्गेल र छोरीद्धय दावा फुटी र दिकी शेर्पा यही क्षेत्रमा क्रियाशिल छन् । नेपालको पर्यटन व्यबसायमा पासाङ ल्हामुको परिवारको गहिरो प्रभाव र हस्तक्षेप छ ।

आमाले देखाएको बाटो र उज्यालो पछ्याउदै काम गर्ने उनले बताइन् । पर्वतारोहण क्षेत्रको सुधार र पर्वतारोहण क्षेत्रमा काम गर्ने महिलाहरुको लागि काम गर्ने दावा फुटीको योजना छ ।

पर्वतारोहण क्षेत्रको सुधार, पर्वतारोहण क्षेत्रमा आबद्ध महिलाहरुको सशत्तिकरणसँगै अभाव र गरिबिले पछि परेकाहरुको हितमा काम गर्ने उनले बताइन् । उनले भनिन्,‘आमाले हिड्नु भएको बाटो र उज्यालो हाम्रो लागि प्रेरणदायी छन्, त्यही सपना पुरा गर्ने हामी नयाँ योजनाका साथ काम गर्नेछौं ।’ पासाङ ल्हामुलाई सहास र प्रेरणाको स्रोतको रुपमा आज पनि उत्तिकै सम्मान गरिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७