एनआरएनएको सचिवमा सुष्मा राईको उम्मेदवारी


२८ आश्विन २०७६, मंगलवार
Susma Rai NRN

काठमाडौँ, २८ असोज :  गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तराष्ट्रिय समन्वय परिषद्को सचिव पदमा सामाजिक अभियान्ता सुष्मा राईले उम्मेदवारी दिएकी छिन् । एनआरएनए आईसिसी सदस्य राईले एनआरएनए अभियानका आफ्ना अजेन्डा सहित उम्मेदवारी दिएकी हुन् ।

तीन कार्यकाल (२०१३ देखि हालसम्म) आईसिसी सदस्यमा रहेर कार्यसम्पादन गरिसकेकी राई सामाजिक अभियानमा पनि सक्रिय छिन् । उनले गैरआवासीय नेपालीहरुको ज्ञान, सीप र अनुभवहरुलाई देशको समृद्धिसँग जोड्नका लागि आफूले उम्मेदवारी दिएको बताइन् ।

उनले यसअघि एनआरएनए युकेकी सचिव भएर काम गरेकी छिन् । राजनीति पृष्ठभूमिमा हुर्केकी राई सात सालको क्रान्तिका योद्धा स्वर्गीय रामप्रसाद राईकी नातिनी हुन् ।

‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित हुने सम्मेलनमा विभिन्न देशबाट १५ सय प्रतिनिधिहरु सहभागी छन् । २९ गते हुने निर्वाचनमा बिभिन्न १४ पदका लागि ४२ जना चुनिने छन् । सम्मेलनमा प्रतिनिधिसहित नेपाल र ८१ राष्ट्रबाट २५ सय जनाको सहभागिता छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७