पद्मावतीका निर्देशकको टाउको र नायिकाको नाक–कान काट्नेलाई डेढ करोड पुरस्कार !


१५ माघ २०७४, सोमबार
li

भारतीय चलचित्र पद्मावतीका निर्देशक सञ्जयलीला वंशालीको टाउको काटेर ल्याउनेलाई ५१ लाख भारतीय रुपैयाँ दिने घोषणा भएको छ । चलचित्रकी नायिका दीपिका पादुकोणको नाक, कान काटेर ल्याउनेलाई १ करोड भारु दिने घोषणा भएको छ । बज्रमण्डल क्षत्रीय राजपुत महासभका पदाधिकारीले चलचित्र प्रर्दशन भइरहेका बेलामा उक्त घोषणा गरेका हुन् ।li

उक्त चलचित्रका निर्देशक वंशालीको टाउको काटेर ल्याउनेलाई नगद पुरस्कार दिने घोषणा गर्दै शुक्रबार बसेको महासमिति बैठकपछि जिल्ला अध्यक्ष मुकेशसिंह सिकरवारले पद्मावत चलचित्रमा पद्मावती चरित्रले राजपुत समुदायलाई नीच देखाएको आरोप समेत लगाए ।
उनले राजपुतको इतिहासलाई गलत देखाएका कारण उनलाई सजाय दिन राजपुत समाज तयार रहेको समेत दावी गरे ।

बिहीबार सिलिज भएको चलचित्रले शुक्रबारसम्ममा ५ करोड भारु कमाइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विरोधीहरूले फिल्ममा राजपुत खलककी रानी पद्मावती र मुसलमान राजा अल्लाहुद्दिन खिलजीबीच ‘आपत्तिजनक’ दृष्य रहेको आरोप लगाउँदै आएका छन् । फिल्म टोलीसहित पूरै फिल्म हेरिसकेकाहरूले भने रानीको इज्जतमा आँच आउने कुनै दृष्य नभएको बताएका छन् । विपक्षीले विरोध गर्न भने छाडेका छैनन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७