आर्थिक भार घटाउदै वायुसेवा निगम, १ सय ४५ करारका कर्मचारी नवीकरण भएन


१ श्रावण २०७७, बिहीबार
Nepal Airlines plane
फाइल फोटो

काठमाडौं, १ साउन । नेपाल वायुसेवा निगमले करारमा रहेका कर्मचारीको नवीकरण नगर्ने भएको छ । ‘अनाबश्यक’ जनशक्तिहरुलाई कटौती गरेर सुधार गर्ने योजना अनुरुप निगमले एक सय ४५ जना कर्मचारीको करार नवीकरण नगरेको हो ।

असार मसान्तमा करार सम्झौता सकिएका १४५ जना करार कर्मचारीको सम्झौता नविकरण नगर्ने निर्णय भएको नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

आर्थिक भार कम गर्न असार मसान्तमा करार सकिएका प्रशासनतर्फका कर्मचारीको म्याद नथप्ने निर्णय गरेको निगम नेतृत्वले जनाएको छ ।

खड्काकाअनुसार एयरलाइन्समा करीव १५ सय कर्मचारी कार्यरत छन् । ती मध्ये करिब १ हजार जना स्थायी र त्यसमध्ये ४ सय ५० हाराहारी कर्मचारी करारमा छन् ।

अतिआबश्यक क्षेत्रका कर्मचारीहरुको करार भने नविकरण गरिएका छ । विमानस्थलमा ग्राउण्ड ह्याण्डिलिङमा, प्रशासनिक कार्यालयमा सरसफाई लगायतमा काम गर्ने कर्मचारीको सम्झौता नविकरण भएको छ ।

अहिले कोभिड १९ का कारण निगमको आर्थिक अवस्था थप कमजोर बनेको लगायत कारण उनीहरूको करार नवीकरण नगरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले गत वर्ष साउन २२ गते निगम सुधारसम्बन्धी सुझाव दिन हालका कार्यकारी निर्देशक तथा पूर्वपर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेका थिए । उक्त कार्यदलले पनि करारमा रहेका कर्मचारी हटाउन सुझाएको थियो ।

नेपाल एयरलाइन्समा पाइलट र एयर होस्टेस करारमा छन् । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षमा अत्यावश्यक नभएसम्म करारमा कर्मचारी नराख्न सबै सार्वजनिक संस्थानलाई निर्देशन दिएको थियो ।

संस्थानहरुले कर्मचारीको सेवा–सुविधा बढाउँदा समेत अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७