नम्रता श्रेष्ठले जितिन् यस वर्षको मिस नेपाल उपाधि (फोटो फिचर सहित)


२० मंसिर २०७७, शनिबार
Miss Nepal 2

काठमाडौं, २० मंसिर । ‘यस बषएको ‘मिस नेपाल वर्ल्ड–२०२०’ को उपाधी नम्रता श्रेष्ठले तिजेकी छिन् । २३ वर्षीया श्रेष्ठले ग्रान्डफिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन् । किन्डरगार्डेन शिक्षिकासमेत रहेकी नम्रताले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् ।

शनिबार राजधानीमा सम्पन्न ग्रान्डफिनालेमा ‘मिस नेपाल सुप्रानेसनल–२०२०’ को ताज सिमल कनौजियाले पाइन् । मिस नेपाल इन्टरनेसनल उपाधि सन्ध्या शर्मा, मिस नेपाल अर्थको उपाधि सुप्रिया श्रेष्ठले जितेका छन् ।

सह–उपाधितर्फ मिस कन्फिडेन्टको मिस नेपाल नम्रता, मिस ब्युटी विथ पर्पज सन्ध्या शर्मा, मिस हेल्दि नेहा सरकार, मिस फोोजेनिक आस्थिका श्रेष्ठ, मिस पपुलर चोइस सन्ध्या शर्मा र मिस ग्ल्यामर योजना भट्टराई घोषित भइन् ।

हेर्नुहोस् फोटो फिचर
तस्बिर : हिडन ट्रेजरको फेसबुक

Namrata Shrestha Miss Nepal
‘मिस नेपाल वर्ल्ड–२०२०’ नम्रता श्रेष्ठ
miss nepal
Miss Nepal 3
Miss Nepal 4
Miss Nepal 2020
Miss Nepal 6
Sandhya Sharma
Miss Nepal 5


कार्यक्रममा सज्जा चौलागाईंले गायन प्रस्तुति दिइन् । निर्णायकतर्फ शिक्षित भट्ट, टुलिका अग्रवाल, करण वैध, मिस नेपाल २०१७ निकिता चाण्डक, डा.पुकार मल्ल, डा.राज राणा, प्रिती सिटौला, सुमन शाक्य, अभिनेत्री स्वस्तिमा खड्का, हेलिकप्टर क्याप्टेन प्रिया अधिकारीलगायत थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७