‘बेनीको बजार’ का गायक टीकाबहादुर श्रेष्ठको निधन


१३ चैत्र २०७७, शुक्रबार
Tikabahdadur shrestha

काठमाडौं, १३ चैत । चर्चित लोकगायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ । मिर्गौलासम्बन्धी रोगबाट पीडित ७५ वर्षका श्रेष्ठको बुटवलमा निधन भएको हो ।

श्रेष्ठको ‘बेनीको बजार, जता माया उतै छ नजर’ बोलको गीत निकै चर्चित छ । २०३१ सालमा रेडियो नेपालमा रेकर्ड भएको यो गीतामा श्रीमती मुना छन्त्याल र रचनाकार श्रेष्ठको युगल स्वर रहेको छ । यो गीत अहिलेसम्म पनि चर्चाको शिखरमा रहेको छ । श्रेष्ठले अन्य थुप्रै गीतमा गाएका छन् ।

यही गीतका आधारमा नै बेनी बजारलाई मायालुको शहर भनेर समेत चिनिन्छ । लामो समयसम्म मिर्गौलासम्बन्धी समस्याले ग्रसित गायक श्रेष्ठले निरन्तररूपमा डायलासिस गराउँदै आएका थिए ।

उनको निधनले लोक सङ्गीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको यस क्षेत्रमा लागेका सर्जकहरुले बताएका छन् । मिर्गौलासम्बन्धी समस्या झेलिँरहदा समेत श्रेष्ठ सांगीतिक क्षेत्रसँग नजिक थिए। तबला, हार्मोनियमलगायतका थुप्रै बाजा बजाउन सिपालु श्रेष्ठ पछिल्लो एक दशकयता भने गुमनाम जस्तै थिए ।

विसं २०१९ साल फागुन ७ गते प्रजातन्त्र दिवसका दिन काठमाडौँको राष्ट्रिय नाचघरमा पहिलो पटक श्रेष्ठले ‘बेनीको बजार, जता मायाँ उतै छ नजर’ बोलको गीत गाएका थिए । सो कार्यक्रममा नेपालका १४ अञ्चलबाट आएका कलाकारलाई उछिन्दै श्रेष्ठ दम्पतीले गाएको बेनीको बजार बोलको गीत नै प्रथम भएको म्याग्दीका अग्रज कलाकार अबिरकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७