निशाले इन्स्टाग्राममा लेखिन् ‘सेलिब्रेटिङ एभ्री बिट अफ इट’


१६ फाल्गुन २०७४, बुधबार
निशाले इन्स्टाग्राममा लेखिन् ‘सेलिब्रेटिङ एभ्री बिट अफ इट’

काठमाडौं: आम नेपाली महिलाहरु गर्भवती बनेको बेला आफ्नो ठूलो भुँडी लुकाएर हिँड्छन् । तर, नायिका निशा अधिकारीले सामाजिक सञ्जालमै आफ्नो ‘बेबी बम्प’ प्रदर्शन गरेकी छिन् ।निशाले इन्स्टाग्राममा लेखिन् ‘सेलिब्रेटिङ एभ्री बिट अफ इट’

इन्स्टाग्राममा सोमबार राखेको तस्वीरमा नायिकाले टिशर्ट माथि उठाएर आफ्नो गर्भवती अवस्था देखाएकी हुन् । उनले क्याप्सनमा लेखेकी छिन्, ‘सेलिब्रेटिङ एभ्री बिट अफ इट’ ।

यो तस्वीरले निकै प्रतिक्रियाहरु जन्माएको छ । कतिपयले यसलाई ‘नौटंकी’ देखाएको भन्दै नायिकाको खिसी गरेका छन् भने केहीले सामान्य रुपमा लिएका छन् । एक जनाले चाहिँ शरद भेषवाकरले धेरै राम्रो ‘ब्याटिङ’ गरेको भन्दै प्रशंसा गरेका छन् । फोटोमा दश हजारभन्दा बढि लाइक आएको छ । तीन सय पैसठी भन्दा बढि कमेन्ट आइसकेका छन् ।

निशाको क्रिकेटर शरद भेषावकरसँग लामो प्रेमपछि बिवाह भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७