श्रीलंकालाई हराउँदै इङ्ल्याण्ड आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा


१६ कार्तिक २०७८, मंगलवार
england Qea06owqlZ

काठमाडौं, १६ कात्तिक । इङ्ग्ल्याण्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । श्रीलङ्कालाई २६ रनले हराउँदै इङ्ल्याण्ड यो विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो टिम समेत बनेको छ ।

चार खेल खेलको इङ्ल्याण्ड एक खेल अगाडि नै सेमिफाइनलमा पुगेको हो । सारजहामा गए राति भएको खेलमा इङ्ल्याण्डले दिएको १६४ रनको लक्ष्य पछ्याएको श्रीलङ्का १९ ओभरमा अलआउट हुँदै १३७ रनमा समेटियो । श्रीलङ्काका वाविन्दु हसरंगाले सर्वाधिक ३४ रन बनाए । इङल्याण्डका आदील राशिद, मोइन अली र क्रिस जोर्डनले २-२ विकेट लिए । त्यस्तै लियाम लिभिङस्टोन र क्रिस वोक्सले १-१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १६३ रन बनाएको थियो । इङल्याण्डका जोस बट्लरले अविजित १०१ रनको शतकीय पारी खेले । बट्लर अहिले चलिरहेको विश्वकपमा शतक बनाउने पहिलो खेलाडी बनेका छन् । श्रीलङ्काका वाविन्दु हसरंगाले ३ तथा दुश्मन्था चामिराले १ विकेट लिए । समूह एकमा शीर्ष स्थानमा रहेको इङल्याण्डले ४ खेलमा ८ अंक जोडेको छ । चौथो स्थानमा रहेको श्रीलंकाको ४ खेलमा २ अंक छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७