२०७८ कात्तिक २७ गते शनिबारको तपाईको राशिफल

कुष्मान्ड नवमी व्रत


२७ कार्तिक २०७८, शनिबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
राजनैतिक कार्यमा सफलता मिल्ने छ । विपरीत वर्ग प्रति आकर्षण बढ्ने छ । घरमा अतिथिको आगमन हुनेछ, तर स्वास्थ्यको ख्याल गर्नु पर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
श्रमको उचित मूल्याङ्कन हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । जोश, जाँगर र उमंग बढ्ला । आर्थिक कारोबारमा सफलता पाइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
चलाखीपूर्ण बोलीले सिद्ध हुनेछ । साथीभाइसँग समय बित्ने छ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज शुभकार्यको चर्चा चल्ने छ । रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । जोश, जाँगर र हिम्मत बढ्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज रमाइलो यात्राको सम्भावना छ । रोकिएको धन हात पर्ला । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
समाजसेवामा मन लाग्नेछ । ठीक समयमा सही निर्णय लिन सकिने छ । महत्वपूर्ण कामको थालनी हुनेछ । कुनै कुराले मनमा शान्ति छाउने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज छोटो दूरीको लाभदायक यात्रा रहला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मनोरञ्जनको क्षेत्रमा सफलता मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउने छ । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज शुभ कार्यमा सरिक भइनेछ । चिताएको कामले तीव्रता लिनेछ । कला, साहित्यमा रुचि बढ्ने छ । वैदेशिक कार्य पनि अघि बढ्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज महिला वर्गबाट विशेष साथ र सहयोग मिल्ने छ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । सामाजिक क्षेत्रबाट पनि राम्रो सहयोग पाइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज स्वास्थ्यमा समस्या आउन सक्छ । सहकर्मीबाट विरोध आउला । गरेका काममा ढिलासुस्ती हुनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७