मनोरञ्जन उद्योग बचाउन पहिला देश नै राम्रो हुनुपर्छ : सुहाना


२ फाल्गुन २०७८, सोमबार
Suhana Thapa

काठमाडौं । नेपाली सिने उद्योगमा लामो समय राज गरेपछि अभिनेत्री झरना थापाले आफ्नी छोरीलाई पनि यही क्षेत्रमा सक्रिय बनाइरहेकी छिन् । झरनाले आफ्नै निर्देशनमा छोरी सुहाना थापालाई पर्दामा उतारिन् । सुहानाले राम्रो सम्भावना देखाइन् । त्यसपछि उनले अन्य दुई फिल्लमा अभिनय गरिन् ।

सुहानाले अभिनय गरेको ‘ए मेरो हजुर २’ र ‘ए मेरो हजुर ३’ प्रदर्शन भइसके । ‘ए मेरो हजुर ४’ प्रदर्शनको संघारमा छ । चलचित्रको प्रचारका क्रममा सुहानाले उद्योगप्रति चिन्ता प्रकट गरेकी छन् । उनले चलचित्र क्षेत्रका समस्यालाई राज्यले उपेक्षा गरेको भन्दै गुनासो गरिन् ।

यो उद्योगमा राम्रो काम गर्नेलाई कसैले वास्ता नगरेको सुहानाको गुनासो छ । उनले मनोरञ्जन उद्योग बचाउन देश नै राम्रो हुनुपर्ने उल्लेख गरेकी छिन् । भन्छिन्, ‘देश राम्रो भयो भने सबै कुरा राम्रो हुन्छ ।’ आफ्नो चलचित्रको दृष्य निक्कै दुःख र खर्च गरेर खिचेको भए पनि कसैले चासो नदिएपछि सुहानालाई चिन्ता लागेको हो । कोरोना कालमा कलाकारले काम नपाएर घरमै बस्नु पर्दा पनि सरकारले सहयोग नगरेको भन्दै गुनासो पोखिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७