२०७९ असार १८ गते शनिबारको तपाईको राशिफल

असार शुक्ल तृतिया पञ्चाङ्गः हर्षण गर अश्लेषा , विश्व खेलकुद पत्रकार दिवस/अन्तर्राष्ट्रिय सहकारी दिवस


१८ असार २०७९, शनिबार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज साथीभाइबाट विश्वासघात हुनेछ । स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज काम गर्ने जोश, जाँगर र उमङ्ग बढ्ने छ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहनेछ । खानपिनमा विचार पनि पुर्‍याउनु पर्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने छ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । शेयर बजारको लगानीले पनि राम्रै फाइदा देला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज सामान हराउने वा चोरी हुने सम्भावना छ । तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । साँझमा कुनै कुराले मनमा शान्ति छाउने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । लामो समयदेखि रोकिएका अधुरा काम पुनः सुरु हुन सक्छ । साथीबाट सहयोग मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
कीर्तिमानी काम गर्ने समय छ । चलाखी पूर्ण बोलीले काम बन्ला । राजनैतिक कार्यमा सफलता मिल्ने छ । बन्धु बान्धवबाट सहयोग मिल्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्ने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
शुभ चिन्तकहरूले पूर्ण समर्थन गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिने छ । सन्तान सुख पनि मिल्न सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । मनोरञ्जनमा सहभागी भइएला । घुमफिरमा आकर्षण बढ्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज आँटेको र ताकेको कार्य पुरा होला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । दैनिक कार्यमा प्रगति हुनेछ । प्रेममा मधुरता पनि छाउने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको कार्यमा सफलता मिल्ने छ, तर वैदेशिक कामकाजहरू भने कमजोर नै रहला ।

  • ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७