कोरोनाले दिएको दर्दको बिषयमा प्रभु बैंकका सिइओ अशोक शेरचनको गीत


२२ जेष्ठ २०७८, शनिबार
Prabhu Bank 1

काठमाडौं : प्रभु बैंक प्रमुख अशोक शेरचनको शब्दमा कोराना महामारीबारे बनेको नयाँ गीतको भिडिओ सार्वजनिक भएको छ। ‘प्रार्थना’ बोलको यस गीतमा  प्रकाश सपूत र मेलिना राईले स्वर दिएका छन्। गीत  प्रकाश सपूतको संगीत र योगेश काजीको संगीत संयोजनमा तयार भएको हो।

कोरोनाबाट ज्यान गु्माएका र मारमा परेकाहरु समर्पित यो गीतले महामारीको दु:ख बोलेको छ। लकडाउनकै समयमा खिचिएको गीतको भिडिओ प्रवेश पौडेलले निर्देशन गरेका हुन्। 

गीतमा महामारीसम्बन्धी तथ्य र दृश्यहरुलाई फुटेजका रुपमा प्रयोग गरिएको छ। गीतमा महामारीको मारमा पर्नेहरुप्रति समवेदना र समानुभूतिका भाव पोखिएको छ।

हिजो शुक्रबार सार्वजनिक गीतको भिडिओ गायक प्रकाश सपूतको युट्युब च्यानलबाट सार्वजनिक भएको हो। भिडिओमा गायक प्रकाश र गायिका मेलिनालगायत कलाकारहरुको अभिनय देख्न पाइन्छ।

हेर्नुहोस् भिडिओ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७