ट्रम्पलाई जेल हाल्नु हुँदैन : पोर्न स्टार स्टर्मी डेनियल


२५ चैत्र २०७९, शनिबार
storme

न्युयोर्क । अमेरिकी पोर्नस्टार स्टर्मी डेनियलले डोनाल्ड ट्रम्पलाई पैसा तिरेपछि जेल हाल्नु नहुने बताएकी छन् । स्टर्मी डेनियलले भनिन्, ‘मलाई लाग्दैन कि मेरोविरुद्धको उनको अपराधको लागि उनलाई जेलमा हाल्नु उपयुक्त छ ।’

तर, अर्को सुनुवाइमा बयान दिन बोलाइए पक्कै जाने उनले बताइन् । उनले भनिन्, ‘यो निकै चुनौतीपूर्ण छ तर म आशावादी छु । मसँग लुकाउन केहि छैन । सुरुदेखि नै सत्य बोल्ने म मात्रै हुँ ।’ जब ट्रम्प अदालत जाँदै थिए, उनको मिश्रित भावना थियो र उनी दुःखी पनि थिइन् ।

उनले थपिन्, ‘उनी अब अरू कसैको अधीनमा हुनुपर्दछ, अर्थात् न्यायाधीश । उनी अब त्यस्ते व्यक्ति रहेनन् जसलाई कसैले छुन सक्दैनन् ।’ पूर्व राष्ट्रपतिमाथि स्टर्मी डेनियललाई चुप राख्न १३०,००० अमेरिकी डलर तिरेको आरोप छ । यस अभियोगमा उनलाई अधिकतम चार वर्षको जेल सजाय हुनसक्छ । कथित रूपमा, ट्रम्पले आफ्नो अफेयर सार्वजनिक नगर्नका लागि यो भुक्तानी गरेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७