नाडाललाई बार्सिलोना ओपन टेनिसको उपाधि


१७ बैशाख २०७५, सोमबार
2 Tennis final

एजेन्सी,वैशाख १७: विश्व नम्बर एक रफायल नाडालले बार्सिलोना ओपन टेनिसको उपाधि जितेका छन् ।2 Tennis final

आइतबार राति भएको फाइनलमा स्पेनिस नाडालले ग्रिसका सेफानोज चिचिपासलाई दुइ शून्यको सोझो सेटमा पराजित गरे । ३१ वर्षीय नाडालले १९ वर्षीय सेफानोज विरुद्धको पहिलो सेट ६–२ ले जितेका थिए । पहिलो सेट जित्न उनले जम्मा ४० मिनेट समय खर्चिए । उत्कृष्ट टेनिस खेलिरहेका नाडालले दोस्रो सेट पनि सहज रुपमा ६–१ ले जित्दै उपाधि माथि कब्जा जमाए । नाडालले उपाधि जित्न ७६ मिनेट समय कोर्टमा बिताए ।

नाडालको यो एघारौँ बार्सीलोना उपाधि हो । क्लेमा उनको यो ५५ र समग्रमा ७७ औं उपाधि हो । नाडालले गएको साता मात्र मोन्टे कार्लो टेनिसको पनि उपाधि जितेका थिए । उपाधि पछि नाडालले यो जितले आफूलाई एकदमै भावुक बनाएको प्रतिकृया दिएका थिए । उनले यस्तो करियरको कहिल्यै कल्पना नगरेको पनि बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७