डब्ल्यूएचओको क्षेत्रीय निर्देशकमा बंगलादेशकी वाजेद निर्वाचित, आचार्यले दिए बधाई


१६ कार्तिक २०८०, बिहीबार
ea85f494 6f8e 43d3 8b89 fbbf3e5809c301112023141342.jpg

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण पूर्वी एशिया क्षेत्रीय निर्देशकमा बंगलादेशकी साइमा वाजेद निर्वाचित भएकी छन् ।

नेपालका उम्मेदवार डा. शम्भु आचार्यलाई हराउँदै उनी निर्वाचित भएकी हुन् । अटिजम् विशेषज्ञ रहेकी वाजेद विश्व स्वास्थ्य संगठनको मानसिक स्वास्थ्यसम्बन्धी सल्लाहकार तथा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदकी छोरी समेत हुन् । डा. वाजेद २२ वर्षयता अटिजममा विशेषज्ञता राख्छिन् । निर्वाचित भएसँगै उनले अब ११ देशको स्वास्थ क्षेत्रको नेतृत्व गर्नेछिन् । यसअघि भारतकी अनुपम क्षेत्रपाल सिंहले उक्त पद सम्हालेकी थिइन् ।

वाजेदसँगै नेपालका डा. शम्भु आचार्य उक्त पदका लागि मनोनयनमा थिए । विश्व स्वास्थ्य संगठनको कन्ट्री एन्ड स्ट्राटिजी प्रमुखको रूपमा काम गरिरहेका आचार्यको भोटको लागि नेपाल सरकारबाट निकै फितलो लबिङ भएको गुनासो अभियन्ताहरूको छ । डा. शम्भु आचार्यले आफ्नो आधिकारिक एक्समार्फत डा. साइमालाई बधाई ज्ञापन गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७