अहिलेको अवस्थामा रातारात अर्थतन्त्रमा सुधार सम्भव छैन : अर्थमन्त्री महत


२७ मंसिर २०८०, बुधबार
prakash 2

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक क्षेत्रका सूचकहरू सकारात्मक बन्दै गएको दावी गरेका छन् । अर्थमन्त्री महतले अहिलेको अवस्थामा देशको अर्थतन्त्रमा रातारात सुधार सम्भव नरहेको बताएका छन् । आज (बुधबार) मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले उत्पादन र रोजगारी वृद्धिमा केही समय लाग्ने भए पनि लामो समयको प्रयासपछि अर्थतन्त्रमा सुधार देखिन थालेको दावी गरेका हुन् ।

prakash 1

उनले मौद्रिक नीतिबारे विशेष छलफल भइरहेको जानकारी दिए । पछिल्लो समय राजश्व परिचालनमा सुधार आएको भन्दै अर्थतन्त्रबारे विगतमा फैलाइएका नकारात्मक धारणाहरू विस्तारै परिवर्तन हुँदै गएको बताए । अर्थमन्त्री महतका अनुसार पुँजीगत खर्च ६ प्रतिशतले वृद्धि भएको छ । राजश्वतर्फ भन्सार महशुलमा १३ प्रतिशत र मूल्य अभिवृद्धि करतर्फ ७.१९ प्रतिशतले वृद्धि भएको छ । यसैगरी आयकरतर्फ १२ प्रतिशतले वृद्धि भएको छ । यद्देपी यो अपेक्षा गरेको भन्दा कम रहेको उनको भनाइ छ ।

उनले बैंक रेट पनि घटेको भन्दै हाल आधार दर ९.९४ प्रतिशतमा झरेको बताए । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि सेयर मार्केटले सकारात्मक लय समातेको जिकिर गरे । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा ५० लाखभन्दा बढीको सेयर धितोकर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गर्ने उल्लेख छ । यसअघि जोखिम भार १५० प्रतिशत थिया े। मन्त्री महतले जग्गा कारोबार पनि बढ्दो क्रममा रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७