कर्णाली पुलमा गुडिरहेको ट्रकमा आगलागी

आगो पुलमा समेत सल्कियो


२८ फाल्गुन २०८०, सोमबार
Karnali river

काठमाडौं : कर्णाली पुलमाथि एउटा ट्रकमा सोमबार आगलागी भएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका–२ स्थित कर्णाली पुलमाथि ट्रकमा आगो लागेको हो ।

वीरगन्जबाट कञ्चनपुरतर्फ जाँदै गरेको ना ५ख ५२९७ नम्बरको लाइटर बोकेको ट्रकमा गुड्दा गुड्दै एक्कासि आगो लागेको प्रहरीले जनाएको छ ।

ट्रकबाट आगो पुलमा समेत सल्किएको छ । ट्रकमा लागेको आगो नियन्त्रणका निम्ति कैलालीको घोडाघोडी नगरपालिकाको दमकल पुगेको छ । आगो नियन्त्रणको प्रयास जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७