जाँच हुँदै गरेको बसमा ठक्कर खाँदा माइक्रो बसका आठ यात्रु घाइते


१५ चैत्र २०८०, बिहीबार
aa

काठमाडौं । मुग्लिन–नारायणगढ सडकको रामनगरमा आज (बिहीबार) बिहान माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । चितवनको भरतपुर–१ रामनगरमा ट्राफिक प्रहरीले जाँचका लागि रोकिराखेको बागमती प्रदेश ०१–००६ ख ४८८८ नम्बरको बसमा ग २ ख २२५ नम्बरको माइक्रोबस अनियन्त्रित भई ठक्कर खाएको हो ।

दुर्घटनामा परी चितवन भरतपुर मनपा–११ की ४४ वर्षीया मिना सापकोटा, भरतपुर–५ का ४० वर्षीय केशर साह, भरतपुर–२१ की ४४ वर्षीया मेनका तामाङ , भरतपुर–१४ का ५३ वर्षीय हरिराम ढकाल र ५१ वर्षीया धनुमाया ढकाल, भरतपुर–२ का ३० वर्षीय काशी उपरकोटी, भरतपुर–२० का ४७ वर्षीय तुलबहादुर घले र गोर्खा सिरानचोक–१ की २६ वर्षीया प्रीति रम्तेल घाइते भएका हुन् ।

उनीहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटनामा स्थानीय कमलबहादुर न्यौपानेको घरमा सञ्चालित मोटरसाइकल ग्यारेजमा समेत क्षति पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७