केजरीवाल पक्राउबारे जर्मनी र अमेरिकापछि संयुक्त राष्ट्रसंघको टिप्पणी


१६ चैत्र २०८०, शुक्रबार
Kejariwal

काठमाडौँ । जर्मनी र अमेरिकापछि संयुक्त राष्ट्रसंघले भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीको विषयमा टिप्पणी गरेको छ ।

संयुक्त राष्ट्र संघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले केजरीवाल पक्राउ परेको विषयमा टिप्पणी गरेका हुन् । उनले भनेका छन्, ‘हामी आशा गर्छौं कि भारतमा सबैको अधिकार सुरक्षित हुनेछ । यो भारतमा चुनावी समय हो, त्यसैले सबै नागरिकले स्वच्छ वातावरणमा मतदान गर्ने अवसर पाउने छन् ।’

यसअघि केजरीवाल पक्राउ परेको विषयमा जर्मनी र अमेरिकाले पनि यस्तै टिप्पणी गरेका थिए । भारतको विदेश मन्त्रालयले भने आन्तरिक विषयमा टिप्पणी गरेको भन्दै अमेरिका र जर्मनीका कुटनीतिज्ञसँग स्पष्टीकरण लिएको थियो । मुख्यमन्त्री केजरीवाल मदिरा नीतिमा अनियमितता गरेको आरोपमा मार्च २२ देखि प्रवर्तन निर्देशनालय (इडी) को हिरासतमा रहेका छन् । उनलाई अदालतले अप्रिल १ सम्म हिरासतमा राख्न अनुमति दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७