एमबाप्पे बने विश्वकपकाे इतिहासमा गोल गर्ने कान्छा खेलाडी
मस्को, ७ असार । फ्रान्सका केलीयन एमबाप्पे फिफा विश्वकप इतिहासमा गोल गर्ने कान्छा खेलाडी बनेका छन् । रसियामा जारी समुह चरणको आफ्नो दोस्रो खेलमा फ्रान्सका लागि पेरूविरुद्ध गोल गर्दे केलीयन एमबाप्पे इतिहास बनाएका हुन् ।
उनले १९ वर्ष १८३ दिनको उमेरमा गोल गरेका हुन् । यसअघि फ्रान्सले सन् १९९८ घरमै भएको विश्वकप जित्दा उनी जन्मिएका हुन् ।
उनकै गोलसँगै फ्रान्स रसियामा जारी विश्वकपको समुह ‘सि’बाट अन्तिम १६ मा प्रवेश गरेको छ । फ्रान्स पेरुलाई १–० गोलले पराजित गर्दे अन्तिम १६ मा प्रवेश गरेको हो ।
खेलको ३५औं मिनेटमा ओलिभर गिराउडले उपलब्ध गराएको पासमा एक यार्ड मात्रै दुरीमा रहेका उनले सजिलो गोल गरेका थिए । फ्रान्स समुहमा दुई खेल खेलेको फ्रान्सको ६ अंक छ ।
यसअघि पहिलो खेलमा फ्रान्सले अष्ट्रेलियालाई हराएको थियो ।
याे पनि पढ्नुहाेस्
फ्रान्स विश्वकपको अन्तिम १६ मा प्रवेश तेस्रो टोली