कहाँबाट चुनाव लड्दैछन् फोरमका शीर्ष नेता ? (सूचीसहित)


१५ कार्तिक २०७४, बुधबार

काठमाडौं: संघीय समाजवादी फोरम नेपालका शीर्ष नेताहरुमध्ये मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा सात जना नेताहरु मात्रै प्रत्यक्ष निर्वाचनमा उठ्ने भएका छन् ।upendra ashok rai

पार्टीका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, उपाध्यक्ष युवराज कार्की, उपाध्यक्ष लालबाबु राउत, महासचिव रामसहायप्रसाद यादव, सचिव अजम्बर राई काङमाङ राई र कोषाध्यक्ष विजय यादव छन् ।

अध्यक्ष यावद, वरिष्ठ नेता राई र महासचिव यावदले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनेभएका छन् । बाँकी पदाधिकारीहरु प्रदेशसभाका लागि निर्वाचन लड्दैछन् । सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष रेणु यादव, सचिव परशुराम बस्नेत र अर्का सचिव रत्नेश्वरलाल कायस्थ भने समानुपातिक उम्मेदवार बनेका छन् ।

को कहाँबाट सूचीः

अध्यक्ष, उपेन्द्र यादव, सप्तरी–२
वरिष्ठ नेता, अशोक राई सुनसरी–१
उपाध्यक्ष, युवराज कार्की मोरङ–२
उपाध्यक्ष, लालबाबु राउत, पर्सा–१ ‘ख’
महासचिव, रामसहायप्रसाद यादव, बारा–२
सचिव, अजम्बर राई काङमाङ, भोजपुर ‘क’
समानुपातिक
कोषाध्यक्ष, विजय यादव, सिरहा–२ ‘क’

सहअध्यक्ष, राजेन्द्र श्रेष्ठ, समानुपातिक

उपाध्यक्ष, रेणु यादव, समानुपातिक

सचिव, परशुराम बस्नेत, समानुपातिक
सचिव, रत्नेश्वरलाल कायस्थ, समानुपातिक

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७