कर्मचारी सरुवाको अनुमति निर्वाचन आयोगले रोक्यो


७ मंसिर २०७४, बिहीबार
nirbachan aayoga

काठमाडौं: गृहमन्त्रालयले ३ प्रमुख जिल्ला अधिकारीसहित ६ जना कर्मचारीलाई काजमा सरुवा गरेको भन्दै सरुवा सहमति नदिने निर्णय गरेको छ ।

nirbachan aayoga
मन्त्रालयलले कर्मचारीको काजमा सरुवा गर्दा आयोगको सहमतिका लागि पठाएको पत्रमा सहमति नजनाउने निर्णय समेत गरेको छ । गृह मन्त्रालयले रा.प. द्तीय श्रेणीका छ जना कर्मचारीको काज सरुवा गरी आयोगको सहमतिका लागि पत्र पठाएको थियो ।
तर, आयोगले सरुवामा सहमति नदिने निर्णय गरेको छ । साथै आयोगले पत्र पाएको २४ घण्टाभित्र सक्कलै फाइल उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
गृह मन्त्रालयले काज सरुवा गरेका छ कर्मचारीमध्ये तीनजना कर्मचारी प्रमुख जिल्ला अधिकारी ‘सीडीओ’ छन् ।
आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावका लागि भदौ १४ गते बाटै निर्वाचन आचार संहिता लागू भइसकेको छ । आचारसंहिता लागू भएको अवधिमा निर्वाचन आयोगको सहमति नलिई सरुवा गर्न वा काज खटाउन नमिल्ने उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७