पार्टी विघटनको खतरातिर जाँदैछ : झलनाथ खनाल


५ चैत्र २०७५, मंगलवार
0 Shares
Jhalanath Khanal1
फाइल फोटो

काठमाडौं, ५ चैत । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी विघटनको खतरा बढेको संकेत गरेका छन् ।

Jhalanath Khanal1

उनले भने, ‘हामीले पटक–पटक सचिवालय बैठक बोलाएर छलफल गर्नुपर्छ भन्दै आएका थियौँ । पछिल्लो छलफलमा प्रचण्ड कमरेड बाहिर जानुभन्दा पहिल्यै टुंग्याउने सहमतिसहित छलफल गरेका थियौँ । सचिवालय बैठक बोलाइहाल्ने, छलफल गर्ने कुरा भएको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

तर, बैठक बोलाइएन । आइतबार अमेरिका प्रस्थान गर्नुभएकाले अब उहाँ (प्रचण्ड) नभएका वेला टुंग्याउन अप्ठ्यारो भयो । एकीकरणमा अहिले भइरहेको ढिलाइले विस्तारै पार्टीलाई विघटनतिर लैजाने खतरा बढेको छ । त्यसैले सिद्धान्तनिष्ठ, वस्तुनिष्ठ र पद्धतिसम्मत ढंगले जतिसक्दो छिटो एकता टुंग्याइहाल्नुपर्छ । अन्यथा यस्तो ढिलाइले पार्टी विग्रहतिर जान्छ ।’

शीर्ष नेतृत्वको दाउपेचले एकीकरण लम्बियो
अध्यक्ष र सचिवहरूको सूची टुंग्याएर जिल्ला एकीकरणलाई पूर्णता दिने तयारी अन्ततः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूको दाउपेचले रोकिएको छ । अघिल्लो शनिबारभित्रै जिल्ला कमिटीको सूची सार्वजनिक गर्ने समझदारीसहित छलफल चले पनि नेताहरूको दाउपेचले रोकिएको हो ।

jagdamba.cement
rbbbb

अध्यक्ष केपी ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समेत सहमतिमा सचिवालय बैठकबाट सूची अनुमोदन गर्ने योजनामा थिए । तर, वरिष्ठ नेता माधवकुमार नेपालको सहमतिविना सूची विवादमा पर्ने भन्दै ओलीको प्रस्तावलाई अस्वीकार गर्दै आएका प्रचण्ड पत्नी सीताको उपचारको सिलसिलामा आइतबार अमेरिका प्रस्थान गरेका छन् । कम्तीमा १० दिनपछि मात्र प्रचण्ड स्वदेश फर्किने भएकाले पहिलो चरणमा जिल्ला एकीकरण टुंग्याउने नेकपाको योजना धकेलिँदै गएको छ ।

पोखरेलको नाम अस्वीकार
सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनसँगको सहमति र विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध गर्ने सरकारको निर्णयबाट शीर्ष तहमै असन्तुष्टि बढ्यो । त्यसलाई मत्थर पार्दै एकीकरणबारे छलफल गर्न गत ३० फागुनमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सरकारी निवास बालुवाटारमा पाँच शीर्ष नेताहरूको बैठक बोलाए ।

बैठकमा अध्यक्षद्वयसहित वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा नेता वामदेव गौतम सहभागी थिए । असन्तुष्टि सामसुमपछि अध्यक्ष ओलीले एकीकरण छिटो टुंग्याउने विषयमा छलफल चलाए ।

बैठकमा प्रचण्डले दुई जनाले प्रस्ताव तयार पारेर सहमति जुट्ने स्थिति नरहेको भन्दै वरिष्ठ नेता नेपालसहित तीन नेता बसेर पहिले सूची टुंग्याउँदा उपयुक्त हुने प्रस्ताव गरे । तर, ओलीले त्यसो भए ईश्वर पोखरेललाई पनि राखेर टुंग्याउँदा सहज हुने प्रस्ताव राखेपछि बाँकी नेताले अस्वीकार गरे ।

‘अध्यक्ष ओलीबाहेकका नेताले माधव नेपाललाई राखेर सूची बनाएपछि छलफल गर्न सहज हुने भनेपछि उहाँले अस्वीकार गर्नुभयो,’ बैठकलाई उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘त्यसपछि तत्काल सचिवालयबाटै सूची टुंग्याउन बैठक बोलाउने समझदारी भए पनि ओलीले बैठकै बोलाउनु भएन ।’

पूर्व माओवादीको तुलनामा एमालेभित्रै समस्या रहेकाले ओली र नेपालबीच सहमति हुँदा सूची छिटो टुंग्याउन सहज हुने पक्षमा प्रचण्ड छन् । तर, ओलीले त्यसमा रुचि नराखेपछि एकीकरण प्रक्रिया झन्–झन् लम्बिँदै गएको ती नेताले बताए । प्रचण्ड अमेरिका प्रस्थान गर्नुअगावै टुंग्याउने सहमति भएकाले कतिपय नेताले शुक्रबार र शनिबार केन्द्रीय सचिवालय बैठक बस्ने अनुमान गरेका थिए ।

उच्च स्रोतका अनुसार अध्यक्ष ओली र प्रचण्डबीच अहिलेसम्म भएको गृहकार्यअनुसार प्रदेश ४ सम्मको जिल्ला अध्यक्ष र सचिवको सूची टुंगिसकेको छ । बाँकी प्रदेशका एक दर्जन जिल्लामा विवाद नमिलेकाले पहिले शीर्ष तहमा टुंगिएपछि एकीकरण प्रस्ताव सचिवालयमा लैजाने कि सीधै बैठकबाट टुंग्याउने द्विविधामा नेताहरू छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७