नारद राई धरान हङकङ मञ्चको अध्यक्ष चयन


२ भाद्र २०७६, सोमबार
dharan hongkong mancha

हङकङ, ३ भदौ । धरान हङकङ मञ्चको अध्यक्षमा नारद राई चयन भएका छन् । १० औं अधिवेशनल नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।


आईतबार जोर्डनस्थित चुम लुङ हिममा सम्पन्न अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचीव, सह सचीव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः नारद राई, बिजय कुमार राई, संजोक राई, ताराध्वज लिम्बू, भुपेन्द्र राज शर्मा तथा बीर बहादुर मगरलाई चयन गरेको हो।


यस्तै सदस्यहरुमा प्रदिप राई, दिलमाया लिम्बु, सन्दीप थापामगर रहेका छन् । भने बाँकी चार सदस्यहरु नवनियुक्त कार्यसमितिको प्रथम बैठकले मनोनित गर्ने छ । कार्यसमितीको पदावधी द’ई वर्ष रहेको छ ।


सन १९९९ सालमा स्थापना भएको मञ्चले धरानको भौतिक विकासको लागि भानुचौकमा घण्टाघर, धरान फुटबल रंगशालाको प्रमुख प्रवेशद्वार, रंगशाला भित्र स्मारक निर्माण गरिदिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७