२०७६ मंसिर ३० गते सोमबारको तपाईको राशिफल


३० मंसिर २०७६, सोमबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साना तिना समस्यामा अल्झिनु पर्नेछ । स्वास्थ्यमा समस्या आउँला । अनावश्यक धन खर्च हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तिको साथ पाईने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । रतिराग पनि बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । आर्थिक कारोवारमा मन्दी आउने छ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्ने छ । प्रेममा मधुरता छाउने छ । विद्या र बुद्धिको विकास हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
मनमा निरासा र शरीरमा आलस्य आउँला । मनमा अविश्वास उत्पन्न हुनेछ । प्रेममा मनमुटाव आउँला । यात्रामा मालसामान हराउन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । परिवारमा सुख सन्तोष छाउला । नयाँ कामको थालनी हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । लाभदायक यात्रा रहला । महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । परिश्रम गर्दा धनार्जन हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । सेयरको कारोबामा फाईदा पनि हुनसक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
गरेको कार्यमा सफलता मिल्ने छ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । विद्यामा सफलता पाइने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दैनिक कार्यमा प्रगति हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागमको हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज रमणीय र सुखद् यात्राको योग छ । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । मनमा सहयोग भाव आउँला । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
लाभ–हानी, आय–व्यय, सुख–दुःख बराबरी मध्यम खालको दिनछ । ठूलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७