२०७७ बैसाख २६ गते शुक्रबारको तपाईको राशिफल


२६ बैशाख २०७७, शुक्रबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
समय प्रतिकूल भई कुलतमा मन जान सक्छ । लगनशिलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । मतभेदको अवस्था पनि आउँला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको विश्वास जित्न सकिने छ । आकस्मिक धन लाभ हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज रोकिएका धन र कार्यमा विस्तारै सफलता मिल्ने छ । नयाँ कार्यको योजना बन्न सक्छ, तर साँझमा अधिक धन खर्च हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्ने छन् । वैदेशिक क्षेत्रबाट केही राम्रो हुन सक्छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
स्वास्थ्यमा धन खर्च हुनेछ । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । घरायसी विवाद बढ्न सक्छ । चोट पटक पनि लाग्न सक्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज लाभ, हानी, आय, व्यय, सुख, दुःख बराबरी मध्यम खालको दिन छ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउँला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सेवा र धार्मिक कार्यमा रुची बढ्ने छ । कृषि क्षेत्रको काम अघि बढ्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउँला । अन्न लाभ पनि हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
शुभकार्यको चर्चा चल्ने छ । महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । आर्थिक सामान्य नै रहला । न्यायिक कार्यमा सफलता मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य अलि सहज हुनेछ । धार्मिक र सांस्कृतिक र परोपकारमा मन जानेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज भाग्यले विभिन्न अवसर जुराउने छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । मुद्दा मामिलामा पनि सफलता मिल्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज धर्म, कर्म तथा समाज सेवामा मन लाग्ने छ । राज्यबाट मान सम्मान मिल्ने छ, तर वैदेशिक क्षेत्र भने कमजोर नै रहने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७